पुर्व अख्तियार प्रमुख बस्न्यातलाई थुनामा पठाउने आदेश

   मंसिर २८ , काठमाडौं   विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश दिएको छ ।

  विशेष अदालतले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गर्न मुख्य भूमिका खेलेपछि भ्रष्टचार अभियोग लागेका बस्न्यातलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो ।  अभियुक्त बस्न्यातले आवास मन्त्रालयको सचिव रहँदा बालुवाटारको अर्बौं रुपैयाँ मूल्यको सरकारी जग्गा व्यक्तिको बनाउन प्रमुख भूमिका बहन गरेको अभियोग छ ।

अभियुक्त बस्न्यातसँग  अदालतले आइतबार नै बयान लिएको छ।  अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान तथा नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा राखेर मुद्दाको सुनुवाइ गर्ने आदेश दिएको हो ।

अभियुक्त बस्न्यातलाई डिल्लीबजार कारागारमा राखिएको छ । उक्त मुद्दामा १ सय ७५ जना प्रतिवादी रहेकामा प्रारम्भिक बयान लिइएकामा बस्न्यात ९७ औं भएको अदालतका प्रवक्ता पाण्डेले बताउनुभयो । अदालतक पालो अनुसार १ वा डेढ महिनामा बस्न्यातको साधारण तारेखको वालो आउन सक्ने पनि प्रवक्ता पाण्डेले जानकारी दिनुभएको छ । 

 

 

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Loading...