राष्ट्रिय विभूति साख्वाः र मानव अधिकार अभियानका अगुवा तुलाधरको शालिक निर्माण

काठमाडौँ । नेपालका राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाः तथा नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा ठूलो योगदान गरेका पद्मरत्न तुलाधरको व्यक्तित्वको अमर योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरेको छ ।  

 विकासमन्त्री कृष्णगोपाल श्रेष्ठकाे प्रमुख आथित्यमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गर्नभयाे । शालिकमा मन्त्री श्रेष्ठलगायतले माल्यार्पण गर्नुभयाे । करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गर्नुभएका ती दुई शालिकको अनावरणपछि सम्वोधन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गर्नुभयो । ‘साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन् । ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ । वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.सं. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए । 

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जस पनि जान्छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिनुभयो । ‘उहाँहरुकाे याेगदानलाई कतियय अवस्थामा हामीले विर्सन चाहेर पनि विर्सन सक्दैनाैँ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न मनमुटुमा छन्, उहाँले भन्नुभयाे, ‘हामीले उहाँहरुकाे सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छाैँ । ’ वागमती प्रदेशका भाैतिक पुर्वाधार मन्त्री रामेश्वर फुयालल , सहरी विकास राज्यमन्त्री रामविर मानन्ध पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा उपप्रमख हरि प्रभा खड्गी श्रेष्ठले यस्ता व्यक्तिको सम्मान गरि शालिक निर्माण गर्ने अवसर महानगरले प्राप्त गरेकाेमा खुशी व्यक्त गर्नु भाे । कार्यक्रममा पद्मरत्नकी छाेरी सुम्निमा तुलाधरले पिताजीकाे सम्मानमा शालिक स्थापना हुँदा परिवार भावुक भएको बताउनुभयाे ।

Loading...