हत्यामा संलग्न फरार अभियुक्त १६ वर्ष पछि पक्राउ

 

काठमाडौँ। कर्तव्य गरी घहत्यामा संलग्न रही फरार रहेका अभियुक्त १६ बर्ष पछि पक्राउ परेको छ। महानगरीय अपराध महाशाखाले सामाखुशी बस्ने जीवन लोहनीको कर्तव्य गरी घहत्या गरेको घटनामा संलग्न रहेका हरि गिरी भन्ने राम कुमार गिरीलाइ भक्तपुर चाँगुनारायण नगरपालिका-७ बाट सोमबार पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाण्डौंको मिति २०६४/०३/११ गतेको फैसलाले कैद सजाय तोकिए लगत्तै गिरि फरार रहदै आएका थिए। झापा मेचीनगर नगरपालिका-७ आर्यावारी स्थायी घर भएका गिरी घटना पश्चात् केही समय विदेशमा समेत बसी पुन: नेपाल आई सनोज गिरीको नामबाट नेपालका विभिन्न स्थानमा लुकीछिपी बस्ने गरेको प्राप्त सुचनाका आधारमा महाशाखाबाट खटिएको बिशेष टोलीले पक्रन सफल भएको जनाएको छ।
मिति २०६१/१०/११ रानिबारी डेरा गरी बस्ने वर्ष-१८ को जीवन लोहनीले प्रकाश लामाले कानमा लगाएको मुन्द्रा मागेको र प्रकाश लामाले नदिएपछि जीवन लोहनीले प्रकाश लामालाई कुटपिट गरेको निहुँमा गिरि सामाखुशी बस्ने जीवन लोहनीको कर्तव्य गरी घहत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

Loading...