रत्नपार्कमा खाना खुवाउने कार्येले मागी खाने शहर रुपमाको रुपमा चित्रण गर्न खोजियो : मेयर शाक्य

काठमाडौँ। काठमाडौं महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले खुल्ला मञ्चम रत्नपार्कमा गत केही समयदेखि सामाजिक अभियान्ता, बिभिन्न दाता ,संग सस्थाले निःशुल्क खाना खुवाउने अभियानले गर्दा बिश्वोमा काठमाडौँ मागिखाने शहरको रुपमा चित्रण गर्न कोशिस गरेको बताएका छन्। सो स्थानमा महानगरपालिकाले नि:शुल्क खाना खुवाउने अभियानमा रोक लगाएको थियो। महानगरको यो कदम प्रति सामाजिक संजाल लगाएतमा चौतर्फी आलोचना पछि मेयर शाक्यले यो कदमलाई सकारात्मक रुपमा बुझिदिन आग्रह गर्नु भएको छ। बिहिबार पत्रकार सम्मेलनमा उहाले निशुल्क खान खुवाउन कार्येका आफुहरुको कुनै आपत्ति नभएको बताउदै ब्यबस्थित ढंग बात खान खुवाउन आग्रह गरेको बताए। उनले भने, ‘काम गर्न सक्नेहरुले काम गर्नु पर्यो , कामै नगरी खान पाए अल्क्षि बन्छ , जनगुनासोलाई ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु’ उक्त कार्यलाई व्यवस्थित गराउन आफूहरूले गरेको अनुरोधलाई उल्टो अर्थमा बुझी ‘महानगरपालिकाले निःशुल्क खाना खुवाउन दिएन’ भनी गील्ला गरिएकोमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आपत्ति जनाउनु भएको छ । पार्टी प्यालेस भाडामा लिएर अभियान्ताहरुलाई सहायो तथा सहकार गर्न सक्ने उनले बताए ।
रोजगार गुमेका तथा काम नपाएका समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाना , काम नपाए स्थानीय वडा कार्यालयमा जानकारी गराए रोजगार र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था गर्न सकिने उहाले बताए।
रत्नपार्कमा लहरै बसेर खानेहरूको फोटो सामाजिक सञ्जालमा राखेर प्रचार गरिएकोमा पनि मेयर शाक्यले आपत्ति भएको बताए । यसले खाना खाने नागरिकको आत्मसम्मानमा ठेस पु¥याउने बिचार उहाँले राखे ।
‘यो त खाना खानेहरूकै आत्मसम्मानमा ठेस पु¥याउने काम भयो । निःशुल्क खाने मानिसहरूको फोटो सामाजिक सञ्जालमा राखेर आयोजकले के व्यापार गरिरहेका छन् त्यो त मलाई थाहा भएन, तर यसले खाना खाने नागरिकको आत्मसम्मानमा घाउ पार्ने काम भने भएको छ’ मेयर शाक्यले भने ।

 

 

 

 

Loading...