रत्नपार्कमा खान खुवाउने कार्येले मागी खाने शहर रुपमाको रुपमा चित्रण गर्न खोजियो : मेयर शाक्य

   

काठमाडौँ। काठमाडौं महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले खुल्ला मञ्चम रत्नपार्कमा गत केही समयदेखि  बिभिन्न दाता ,संग सस्थाले निःशुल्क खाना खुवाउने अभियानले गर्दा बिश्वोमा काठमाडौँ मागिखाने शहरको रुपमा चित्रण गर्न कोशिस गरेको बताएका छन्। सो स्थानमा महानगरपालिकाले नि:शुल्क खाना खुवाउने अभियानमा रोक लगाएको थियो। महानगरको यो कदम प्रति सामाजिक संजाल लगाएतमा चौतर्फी आलोचना पछि मेयर शाक्यले यो कदमलाई सकारात्मक रुपमा बुझिदिन आग्रह गर्नु भएको छ। बिहिबार पत्रकार सम्मेलनमा उहाले निशुल्क खान खुवाउन कार्येका आफुहरुको कुनै आपत्ति नभएको बताउदै ब्यबस्थित ढंग बात खान खुवाउन आग्रह गरेको बताए। उक्त कार्यलाई व्यवस्थित गराउन आफूहरूले गरेको अनुरोधलाई उल्टो अर्थमा बुझी ‘महानगरपालिकाले निःशुल्क खाना खुवाउन दिएन’ भनी गील्ला गरिएकोमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आपत्ति जनाउनु भएको छ ।
‘यसरी फोहोर र खुल्ला ठाउँमा राखेर भात खुवाउनु कुनै हिसाबले राम्रो होइन । खुवाउने भए आफ्नै निजी ठाउँ वा पार्टी प्यालेसमा राखेर खुवाउने व्यवस्था गर्नू भन्ने मात्रै महानगरपालिकाको आग्रह हो । खुवाउनै पाइँदैन हामीले भनेका छैनौ’, मेयर शाक्यले भन्नुभयो ।
काठमाडौं महानगरलाई सडक मानवमुक्त शहर बनाउने भनी एक वर्ष अगाडि नै घोषणा गरिएको स्मरण गर्दै मेयर शाक्यले भन्नुभयो, ‘खान नपाएका कोही छन् भने उनीहरूलाई मानव सेवा आश्रममा राखेर खुवाउने जिम्मा नै महानगरपालिकाले लिइसकेको छ । त्यसैले आवश्यक परे अझै पनि खुवाउन हामी तयार छौँ । तर काठमाडौंलाई मागेर खानेहरूको शहर चाहिँ बनाउनु भएन ।’
रत्नपार्कमा लहरै बसेर खानेहरूको फोटो सामाजिक सञ्जालमा राखेर प्रचार गरिएकोमा पनि मेयर शाक्यले आपत्ति प्रकट गर्नुभयो । यसले खाना खाने नागरिकको आत्मसम्मानमा ठेस पु¥याउने बिचार उहाँले राख्नुभयो ।
‘यो त खाना खानेहरूकै आत्मसम्मानमा ठेस पु¥याउने काम भयो । निःशुल्क खाने मानिसहरूको फोटो सामाजिक सञ्जालमा राखेर आयोजकले के व्यापार गरिरहेका छन् त्यो त मलाई थाहा भएन, तर यसले खाना खाने नागरिकको आत्मसम्मानमा घाउ पार्ने काम भने भएको छ’ मेयर शाक्यले भन्नुभयो ।
कोरोना महामारी रोकथामका लागि सरकारले तीन महिने लकडाउन गर्दा त्यसबाट पीडित हुन पुगेका गरिब, निम्न आय भएकाहरूलाई काठमाडौं महानगरपालिकाले राहत वितरण गर्नुका साथै विभिन्न स्थानमा सार्वजनिक रूपले खाना खुवाउने व्यवस्था समेत गरेको थियो । अहिले रत्नपार्कमा दैनिक खाना खुवाउने कार्यले बाहिरबाट मानिसहरू आउन अझ प्रोत्साहित गर्ने र राति सडकमा सुत्नेहरूको संख्या वृद्धि गर्ने चिन्ता स्थानीय जनतामा व्याप्त भएको छ। 

Loading...