युवराज चौलागाईंको ‘दिलमा सजाउँछु’

काठमाडौं । गायक युवराज चौलागाईं आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

‘दिलमा सजाउँछु…’ शीर्षकको उक्त गीतका शब्दहरु शंकर अधिकारी घायलले रचना गरेका हुन् भने गीतका संगीतकार पनि घायल नै हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा रुपक धिमालको साथमा रवी खड्का तथा अमृता मगरले अभिनय गरेका छन् ।

गीतकार शंकर अधिकारी घायलकै निर्देशनमा बनेको उक्त गीतको भिडियोलाई कृष्ण पाण्डेले छायांकन गरेका हुन् भने विश्वास भण्डारीले यसलाई सम्पादन गरेका छन् ।

Loading...