सागरको ‘मुटु माग्यौ, मुटु दियौ’ सार्वजनिक

काठमाडौं । सागर चौधरीको आवाजमा रहेको नयाँ नेपाली आधुनिक गीत ‘मुटु माग्यौ मुटु दिएँ’ सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो भर्खरै नेपाजीज कोम्यूनिटिज टिभी अफिसल यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा जनक विवस न्यौपाने र सागर चौधरीको शब्द साथै संगीत जनक विवस न्यौपानेको रहेको छ । यस्तै गीतमा सागर चौधरीको सुमधुर स्वर रहेको छ ।

विशेष गरेर यो मिलन विछोडको कथामा आधारित गितको भिडियोमा सनम कठायत, समिक्षा पोखरेल, कैलास कठायतलगायतको अभिनय रहेको छ । प्रेम कथामा आधारित यो गीत प्रेम गर्नेहरुका लागि उपयुक्त रहेको छ ।

 

Loading...