सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण बाहेकका सुनुवाइ स्थगित


केही न्यायाधीश र कर्मचारीमा कोरोना देखिएपछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण बाहेकका सुनुवाइ स्थगित गरिएको छ।

कोरोना संक्रमणको आशंकामा न्यायाधीशहरू होम आइसोलेसनमा बसेका कारण आइतवार एउटा मात्र इजलास गठन गरिएको छ ।

आइतबार सर्वोच्चले सूचना जारीगर्दै बन्दी प्रत्यक्षीकरणका रिट हेर्नका लागि डा. मनोज कुमार शर्माको एउटा इजलास गठन गरिएको बताएको छ ।