जागरुक युवा समाज स्थापना सय दिन पुरा , भित्रि बस्तीमा फुटपाथ ब्यबसाय निषेध अभियान सफल

भाद्र २८ ,काठमाडौँ।  काठमाडौँ उपत्यकाका भित्रि बस्तीलाइ ब्यबस्थित गराउन बनेको जागरुक युवा समाजले आफ्नो स्थापना सय दिन पुरा भएको अवसरमा विभिन्न चुनौती ,उपलव्धि तथा आगामी दिनमा भित्रि शहरका फुटपाथलाई निषेध गरि ब्यबस्थित बनाउने योजना अगाडी सारेको छ। ।
सोमबार पत्रकार सम्मेलन गरि समाजले मुख्यगरी प्रमुख व्यापारिक केन्द्र नयाँ सडक, असन , काष्ठमण्डप लगाएत वरपरका क्षेत्रमा सडकमा सवारी आवागमनलाइ बाधा पुग्ने गरि गरिने फुटपाथ व्यापार निषेध गर्दै जाने समाजका अभियानताले बताएका छन्।
यस अगाडी भित्रि बस्तीका केन्द्र असन इद्रचोक लगाएत क्षेत्रमा सडक ढाकेर खुल्ला रुपमा गरिने व्यापारलाई निषेध गरि सवारी अवागमाना सगाज बनाउन सफल भएको हो।
सम्पदा क्षेत्र भएका कारण पर्येतकीय दृष्टिकोणले ब्यबस्थित तथा आकर्षक बनाउन र आगलागी , स्वास्थ्य सम्बन्धि भबितब्य सम्भावित दुर्घटना हुनबाट बच्न फुटपाथ हटाउनु आवश्यक भएको समाजका अध्क्षय चन्द्र कुमार महर्जनले बताए।
हालै खुकुलो भएको निषेधाज्ञामा काठमाडौँ जिल्ला प्रशासनले फुटपात व्यापारलाइ खुल्ला गरि प्रशय दिएको भन्दै समाजले खेद प्रकट गरेको छ। संक्रमण समुदायमा फैलिन बात रोक्न, नियेंत्रणका लागि फुटपाथ ब्यबसाय रोक्नु पर्ने समाजका सचिब संजय महर्जनको भनाइ रहेको छ।

Loading...