रातो मच्छेन्द्रनाथ रथ जात्र घटना, सरकारी निकाय गैर जिम्मेवारका कारण भएको आरोप – बिज्ञप्ति सहित ,

भाद्र २१,काठमाडौँ। गुठि विधयक आन्दोलनका प्रतक्ष भूमिका खेलेका प्रमुख तीन अभियानताहरुको समितिले मछ्चेन्द्रनाथ रथ जात्राको क्रममा धर्म सस्कृति प्रेमी आम नेपाली माथि घटेको घटना प्रति मर्माहत भएको बताएको छ। 

 
आदिवासी कानुनि मञ्च, राष्ट्रिय पहिचान सम्रक्षक संयुक्त संघर्ष समिति ,जनसरोकार समिति , नेवा राष्ट्रिय समिति , नेवा न्ह्लुवा पबित्र बज्राचार्य सम्मिलित  संयुक्त रुपमा आइतबार जारि प्रेस बिज्ञप्ति जारि गर्दै ति सस्था लगाएत अन्य विभिन्न सस्था आबद्द अभियानताले धार्मिक ,सास्कृतिक ,एतिहासिक ,पुरातात्विक महत्वो बोकेको रातो मछ्छेन्द्रनाथ जात्राको क्रममा घटेको घटनामा राज्यको ब्यबस्थापकीय क्षमता नभएको स्पस्ट गरेको छ।
पटक पटक जात्र सम्पन्न गर्नका लागि गुठि सस्थांन ,ललितपुर जिल्ला प्रशासन कार्यालय ,ललितपुर महानगर पालिका लगाएत सरोकार वाला निकायलाइ ताकेता गरेता पनि ति निकायको गैर जिम्मेवार बनेका कारण सो घटना भएको ति समितिको आरोप लगाएका छन्।
आधिकारिक निकाय कतैबाट पहल नभई रथ जात्रा अलपत्र छोडीदिदा धर्म ,सस्कृतिप्रतिको चिन्ता बोकेर आएका जनसमुदायलाइ पानीको फोहरा हान्ने ,टियर ग्यास हान्ने काम आपत्ति जनक रहेको बताउदै जात्रामा सहभागी अभियानतालाई घर घरमा गएर धरपकड गरि ग्रिफ्तार गरेको कार्येलाई तानाशाह प्रवृत्ति भएको जनाएको छ। संयुक्त समितिले ग्रिफ्तर गरेका सम्पूर्ण व्यक्तिलाई तत्काल निशर्त रिहा गरिनु पर्ने माग गरिएको छ। 

 

Loading...