खोकनामा रोपाई गर्न अवरोध पुर्याउदा भएको प्रहरी हतक्षेप र झडप बिषयमा दबाब दिन वडा कार्यालय बन्द गराए

असार २४ , काठमाडौँ। ऐतिहासिक र सांस्कृतिक नेवाः बस्ती खोकनाका जनतायातले आफ्नो जमिनमा रोपाई गर्नमा अवरोध पुर्याउदा भएको प्रहरी हतक्षेप र झडपलाइ लिएर नेवाः अग्रजले विरोध जनाएको छ ।

गएको असार १५ र २० गते खोकनामा राज्यले प्रहरी प्रशासन प्रयोग गरि चरम दमन गर्दा सम्म स्थानीय वडा ललितपुर महानगर पालिका २१ वडा खोकनाका वडा अध्क्षय र जनप्रतिनिधिबात स्तहनिय्को पक्षमा कुनै भूमिका नखेलेको प्रति मंगल बार खोकना जनसरोकार समितिले दबाब स्वरूप वडा कार्यालय बन्द गराएको हो ।

प्रहरीले गरेको दमनप्रति विरोध जनाउदै भएको कोण सभामा हलिनेवा: गुठिका संयोजक राजमान श्रेष्ठ , नेवा राजनैतिक अभियानका अध्क्षय दा महेस मान श्रेष्ठ ज्यापु महागुथी केन्द्रिय अध्क्षय राज भाई जकमी , उपत्यका सडक बिस्तार संधर्ष समिति अध्क्षय सुमन सयेमी , नेपा: युथ अर्गनाइजेसनका सस्थापक संयोजक स्यमकृष्ण प्रजापति , नेपाल साकृति जागरण अभियान लगाएत सस्थाका अगुवाले राज्यको यो दमन संविधाले जनताइ दिएको मौलिक हकको हनन भएको भन्दै नेवाः अग्रजकर्ताले सो घटनाको छानबिन गरि राज्य प्रशासनलाइ गलत ढंग बात प्रयोग गर्नेलाइ कारबाहीको माग गरेको छ ।

प्रहरी दमन अन्तर्राष्ट्रिय कानुन र मान्यता बिपरित भएको उनीहरुको तर्क छ। आदिवासी, सामाजिक र सांस्कृतिक जीवनमा जटिलता रहेको अवस्थामा राज्यले विकास निर्माणको आयोजना ल्याउदा यस बात प्रभावित जनताको समर्थन र इच्छा राय लिनुपर्ने अन्तर्राष्ट्रिय मान्यता र कानुन रहेको छ । नेपालमा कानुन पालना गराउने जिम्मा लिएका राज्य र सरकारले यो अन्तर्राष्ट्रिय मान्यता र कानुन बिपरित गर्नन पाइने ब्यबस्था रहेको उनीहरुको भनाइ रहेको छ।
काठमाडौं–निजगढ जोड्ने फास्ट ट्र्याकको जीरो प्वाइन्ट मानिएको सुडोल क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ ।

तर स्थानीयले खेतीयोग्य जमिन मास्न नपाइने अथवा जग्गाको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर विराेध गर्दै आएका छन् । सरकारले यो क्षेत्रका जग्गा धनीलाई क्षतिपुर्ति दिने भने पनि कौडीको भाउमा जग्गाको मूल्य तोकेको स्थानीय किसानको भनाई छ ।

प्रतिआना १० लाखको हाराहारीमा मूल्य रहेको ठाउँमा सरकारले प्रति आना १ लाख ३० हजार मात्र तोकेको बताएको छ । खोकनावासीले आफ्नो पेट पाल्ने माध्यम बनेको जमिन विना क्षतिपूर्ति खोस्न नपाइने भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा सरकारले खेती गर्न रोक लगाएपछि खेतमा किसानहरुले धान रोपेर विरोध प्रदर्शन गरेका हुन् ।

Loading...