थप ४६८ कोरोना संक्रमित थपिए, सङ्क्रमितको संख्या १३ हजार २४८ पुग्यो

काठमाडौँ । सोमवार थप  ४६८ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभर सङ्क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिए । उनका अनुसार आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।

भक्तपुरमा एक एकजना पुरूषलाई कोरोना भाइरस पुष्टि भएको छ भने ललितपुर र काठमाडौँ जिल्लामा दुई महिला र चार पुरुषसहित छ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित डोटीमा ९६ जना थपिएका छन् । बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५÷५ जना, प्युठान, चितवन र महोत्तरीका ४/४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २/२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका एक/एक छन् ।

यस्तै थप १२१ संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै निको हुने तीन हजार १३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ महिला र पुरूष १०८ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा रौतहटका ३० वर्षका एक पुरूषको निधन भएको मन्त्रालयले जनाएको छ । १३ गते स्वाब पठाएकोमा सोही दिन राति ८ गते फोक्सोका ती विरामीको मृत्यु भएको हो । परीक्षणको नतिजा असार १४ गते पोजेटिभ आएसँगै मृत्यु हुने २९ पुगेको छ ।

Loading...