बालुवाटारमा प्रदशनकारी माथि चरम दमन गरेको भन्दै न्युरोड लगाएत भित्रि सहरमा व्यापक प्रदशन

जेठ २९,काठमाडौँ। बालुवाटारमा बिहीबार सरकार विरुद्ध विरोध प्रदर्शनमा प्रहरीले ब्यापक दमन गरेको भन्दै काठमाडौँको भित्रि शहर लगाएत स्थानमा ब्यापक बिरेध भएको छ। व्यापारिक केन्द्र नयासदक न्युरोड ,आसपास भित्रि पुरानो शहरमा उत्रेका प्रदशनकारीले कोरोनाभाइरसको संक्रमण नियेंत्रन्मा १० अर्ब खर्च हिसाव , आरडीटी परीक्षण रोकेर पीसीआर विधिब्यापक र गुणस्तरीय बनाउनुपर्ने, कोरोना नियन्त्रणमा भएको खर्च पारदर्शी बनाउनुपर्ने ,MCC खारेज ,सुकुम्बासी आयोग खारेज लगायत माग गर्दै विभिन्न प्लेकार्ड ब्यानर सहित युवा समुहले शान्ति पूवक जुद्दा शालिकमा प्रदशन गरेका थिए।
राष्ट्रिय पहिचान संघर्ष समितिले गरेको बिरोध कार्येक्रममा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध युवाहरु ठूलो संख्यामा साँझ प्रदशन पश्चात भित्रि शहरका विभिन्न सतहमा र्याली निकालिएका थिए। प्रहरी निकै बाक्लो परिचालन गरिएतापनि परिस्थति सामान्य रहयो। आयोजक तथा युवा समुहले शुक्रबार पनि निरन्तरता दिने बताएको छ।
यसैगरि देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ ।
गृह मन्त्रालयले बिहिबार बिज्ञप्ति लिकलेर लकडाउन उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिएको हो।
केहीदिन बात सरकार बिरुद्द सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञापन पत्र दिन जानेजस्ता कामप्रति गृहले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
सहसचिव केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित सिडिओले नगद जरिवाना र थुनामा राख्ने उल्लेख गरेका छन्।

‘बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेले गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

Loading...