बाटो बन्द र दुर्ब्यबहार गर्ने लाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

अवाञ्छित क्रियाकलाप गरे कानुन बमोजिम हदैसम्मको सजाय हुने

   

जेष्ठ ५, काठमाडौं ।    काठमाडौँका लगाएतका सडकमा स्थानीयले बाँसका तगारो लगाएर बन्द गराएपछि आइतबार गृह मन्त्रालयले सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
अतिआवस्यक काममा हिडेका स्वास्थ्य कर्मी , कर्मचारी ,पत्रकार लगाएत समेत लाई परिचय पत्र माग्ने, सडक बन्द गरि हातमा लाठा लिएका समुहले दुब्यबहार, अपशब्द प्रयोग गर्ने गरेको गुनासो बदेपछी यसको ब्यापक बिरोध हुन थालेको छ । एक सर्व साधारणको भने –“ लाठा लिएरका यस्त समूहले मेरै टोलमा मलाई अपस्ब्ध बोले , धैर्यता राखियो सम्भावित दुर्घटना भएन । ”

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्- “यस कठिन क्षणमा पनि सुरक्षा सतर्कताको नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरीतका कार्यहरुगरि निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई बिनाकारण निकाल्नेलगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सबैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्चय पनि राम्रो होइन ।”
उनले मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय हुने चेतावनी दिएका छन्

यसैगरि नेवा पत्रका समूहले काठमाडौँ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्य संग सडक बन्द गराएको बारेमा गुनासो राखे । मेयर शाक्यले बाँसका तगारो बनाई बाटो बन्द गरिनु कानुन लाइ चुनौती दिएको बताउनु भयो । मेयर शाक्यले भन्नु भयो -“ लकडाउन भनेको घरैमा बस्नु बह्नेको हो सडकमा आफै निस्किएर समूह बनाएर बन्द गर्न पाईदैन महानगरले कसैलाई सडक बन्द अगराऊ भएको छैन । यस किसिमको अवाञ्छित गतिविधि संलग्न जो कोहीलाई कारवाही गराउन प्रहरीलाई खबर गर्न पर्छ । ”
यो सँग सम्बन्धित समाचार – 

काठमाडौँका जनताले किन गरे आफैले बन्द ? ( फोटो फिचर र भिडियो सहित ) 

     शीर्षकमा यो समाचार पढ्न लिंक https://nonstopkhabar.com/?p=55090  मा क्लिक गर्नु होला ।

Loading...