दोश्रो चरण राहतको तैयारीमा किर्तिपुर नगरपालिका

अनलाईन फाराम भरेका ४ सय ५९ जना विद्यार्थीलाई घरघरमा राहत वितरण

बैशाख ११ काठमाडौँ ।   पहिलो चरणको राहत वितरण पछि किर्तिपुर नगरपालिकाले दोश्रो चरण राहतको तैयारी थालेको छ । नगरपालिकाले यही बैशाख १६ गतेदेखि पाँच दिनसम्म महोत्सवको लागि छुत्याइयको रकमा थप गरि दोश्रो चरण राहतको लागि १ करोड बराबरको रकम छुट्याइएको नगरपालिका उपप्रमुख सरस्वती खड्का बताउनु भयो । उपप्रमुख खड्काले स्थानीय सरकार एेन २०७४ को मर्म र संघीय सरकारले स्थानीय तहलाई राहत वितरण कार्य सुम्पिएको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले १ देखि १० सबै वडामा राहत आवश्यक भएका परिवारको तथ्यांक संकलन गरिरहेको बताउनु भयो । 


नगरपालिकाले पहिलो चरणको राहत अन्तरगत सर्वदलीय संयन्त्र मार्फत लाक्षित बर्गलाई ४ हजार १ सय ५२ परिवारलाई दिएको थियो ।
यसै गरि विभिन्न जिल्लाबाट उच्चशिक्षाका लागि कीर्तिपुरमा बसिरहेका कतिपय विद्यार्थीहरूले राहत नपाएको भन्ने बिषयमा बिहिबार पत्रकारको प्रश्नमा नगरपालिका प्रमुख रमेश महर्जनले राहत वितरणका क्रममा वडा मार्फत र त्रिभुवन विश्वविद्यालयसंग समन्वय गरेर पनि राहत वितरण गरिएको बताउदै १ सय ३५ जना विद्यार्थीहरूलाई विश्वविद्यालय परिसरमा, अनलाईन फाराम भरेका ४ सय ५९ जना विद्यार्थीलाई घरघरमा राहत वितरण गरिएको बताउनु भयो । जसअनुशार त्रि।वि महिला छात्रवासमा २० जनालाई पुग्ने र पुरूष छात्रवासमा ७१ जनालाई पुग्ने राहत वितरण गरिएको छ । राहत आवश्यक भएका विद्यार्थीले नगरपालिको अनलाईन फारम भर्न सक्ने पनि नगरपालिकाले जनाएको छ ।

बिहिबार नै सम्वृद्द किर्तिपुर अभियान नामक सस्थाले covid – 19 नगपालिका आकस्मिक कोष कीर्तिपुरमा नगद ५० हजार नगरपालिका प्रमुख महार्जलाई हस्तान्तरण गरेको छ ।

Loading...