खुल्यो नेपाल चीन तातोपानी नाका

   

 

सिन्धुपाल्चोक । काठमाडौँ बात निकै छोटो दुरीमा रहेको चीन संगको प्रमुख नाका खुल्ला भएको छ । सरकारले कोरोना महामारीलाइ ध्यानमा राखेर संक्रमण भित्रने सक्ने भएपछी गएको माघ १३ मा बन्द गरिएको थियो । चीनमा कोरोनाको प्रकोप नियन्त्रणमा आएसँगै चीनसँगको नाका नेपालले पुनः सञ्चालनमा ल्याइएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको स्वास्थ्य साबधानी ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट उक्त नाका खोलिएको छ ।

नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको बताइएको छ । प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच भएको छलफलपछि तीनबुँदे निर्णयसहित सुरक्षित रूपमा नाका खोलिएको बताइएको छ । तत्कालका लागि खाद्यान्न र मेडिकल सामान मात्रै यो नाकाबाट भित्र्याउने बताइएको छ ।

यसैगरि चीन तर्फ र नेपाल तर्फ भन्सार नाका र झिर्पुमा १० बेडको आइसोलेसन र १० बेडको क्वारेन्टाइन कक्ष विशेस स्वास्थ्य टोलि पनि तयारी अबस्थामा राखिएको छ । नाकको दुवै तर्फ चालकको स्वास्थ्यदेखि सवारीसाधन र तिनमा ल्याइएका सामामा सुरक्षाका साथै जाँचमा कडा निगरानी गरि चीनबाट भित्रिएका मास्क र सेनिटाइजर नाकामा कीटनाशक औषधि छर्केर भित्रिने प्रबन्ध मिलाइएको छ ।

नाका खुलेपछि स्थानीयले भने सुरक्षा सतर्कतालाई विशेष ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

 

Loading...