सरकारले उपलव्ध गराएको अवैतनिक राजदूतको सुविधा हटायो

चैत्र २७ ,काठमाण्डाै – सरकारले अवैतनिक दूतलाई दिदै आएको कूटनीतिक सुविधा हटाएको छ ।

अवैतनिक दूतलाइ सरकारले दिएको कुटनीतिक आेहादा र सुविधालाइ दुरुपयोग गरेको कारण देखाई परराष्ट्र मन्त्रालयले यस्तो अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएकाे गाडीको निलो प्लेट, झण्डाको उपयोग, सिंहदरबार प्रवेश पास, विमानस्थलकाे भीभीआईपी कक्ष लगायतकाे सुविधा सबै खोसेको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर अवैतिनक दूतलाई // सरकारले प्रदान गरेको यो सुभिधा औपचारिक कार्यक्रमको लागि मात्रै प्रयोग गर्न पौने गरि सेवा उपलब्ध गराएको थियो । मन्त्रालयले विज्ञप्ति निकालेर अवैतिनक दूतलाई दिएको यस किसिमका सुविधा खोसेको जानकारी गराएको हो ।

गएकाे मङ्गलबार शंकर ग्रुप तथा किर्गिस्तानका अवैतनिक दूत समेत रहेका सुलभ अग्रवालले कुटनीतिक हैसियतबात पाएको सुविधा प्रयोग गरि नियोगको गाडीमा गरी ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेपछि सरकारले अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएको कूटनीतिक सुविधा खोसेको हो ।

Loading...