दशहजार पाँच सयले पाए महानगरको राहत

   

चैत्र २४ ,काठमाडौँ । 

काठमाडौं महानगरपालीका अन्तरगत विभिन्न वडाबाट अहिलेसम्म झण्डै दश हजार पाँच सय भन्दा धेरै नगरबासीलाइ राहत प्याकेज , रासन खाद्य सामग्री वितरण गरेको छ ।
दैनिक ज्यालादारी श्रमिक, विपन्न, असाहय तथा अशक्तहरुलाई बुधवारदेखि राहत वितरण सुरु गरेको काठमाडौं महानगरपालीकाले प्रत्येक वडा कार्यालयमार्फत नै राहत वितरणको व्यावस्था मिलाएको छ । श्रमिकको तथ्याङ्क संकलन सहित राहत वितरणको निर्देशनलगत्तै सबै वडाले राहत विरणको काम सुरु गरेको हो । लक्षीत वर्गका परिवारको सङख्याको आधारमा चामल, दाल, तेल, तरकारी नुन लगायतका सामग्री वितरण भईरहेको छ ।

बिभिन्न वडा कार्यलयले घरघरमै पुगेर फारम भराई टोकन दिएर कार्यलयबाटै राहत वितरण गरिरहेको छ । ब्यबस्थित राहत वितरणमा संक्रन्मको जोखिम रहित सामाजीक दुरी कायम भने गरिएको खासै पाइएन ।

यसैगरि काठमाडौँ महानगर पालिका अन्तर्गतका वडामा भएको राहत वितरणको अनुगमनका लागि मेयर बिद्या सुन्दर शाक्य तथा उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठ सो स्थानमा पुगेका थिए । संघीय सांसद, जीवनराम श्रेष्ठ, प्रदेश सभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य लगाएतले राहत वितरण गरेका थिए ।

 

Loading...