काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट सम्बोधन गर्ने भएका हुन् ।
नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । ‘प्रधानमन्त्रीले सिंहदरबारबाट अपरान्ह ५ बजे देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम छ’,प्रधानमन्त्री कारेयालयका सञ्चारविज्ञ रामशरण बजागाईंले जानकारी दिए ।
गत फागुनमा मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउन सम्बोधनका क्रममा अन्य पत्रकारलाई प्रवेश नदिइने भएको हो । सरकारले २५ जना भन्दा धेरै एकै ठाउँमा जम्मा हुन नदिने नियम यसअघि नैं लगाइसकेको छ ।