शिक्षक परीक्षामा नयाँ व्यवस्था, हेर्नुहोस् परिवर्तित पाठ्यक्रम

भक्तपुर । शिक्षक बन्न अब बस्तुगत र विषयगत परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । आयोगले नयाँ पाठ्यक्रम पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि शिक्षा सम्बन्धि आधारभूत ज्ञान र ऐन नियमबाट मात्रै प्रश्न सोधिने गरेकोमा बस्तुगत(सामान्य ज्ञान) प्रश्न पनि सोधिने भएको छ ।

शिक्षक हुनका लागि अब हरेक उम्मेद्वारले २ सय पूर्णाङ्कको परीक्षा दिनु पर्ने छ । सामान्य ज्ञान सहितको वस्तुगत परीक्षा उत्तीर्ण भएपछि मात्रै विषयगत परीक्षामा सहभागि हुन पाउने व्यवस्था गरिएको छ ।

सामान्य परीक्षाको ५० अंक विषयगत परीक्षामा जोडिनेछ । अब हुने खुल्ला विज्ञापनमा नयाँ पाठ्यक्रम अनुसार प्रश्न सोधिने आयोगले जनाएको छ ।

५ खण्डमा रहेको १ सय पूर्णाङ्कको उक्त बस्तुगत पाठ्यक्रममा सामान्य ज्ञान, आधारभूत ज्ञान, सूचना तथा सञ्चार, संविधान ऐन तथा नियम र वौद्धिक परीक्षण समावेश हुनेछन् ।

लोकसेवा आयोगको परीक्षामा यस्तै वस्तुगत र विषयत परीक्षा लिने गरिएको छ । शिक्षक सेवा आयोगले पनि लोक सेवाकै सिको गरेको देखिन्छ ।

माध्यमिक तहको नयाँ पाठ्यक्रम

आधारभूत तहको नयाँ पाठ्यक्रम

Loading...