काठमाडौँ तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण ,स्मार्ट सिटिको परियोजना बिरुद्द खोकना बुङमति वासीले गरे पर्दशन

  माघ २८,काठमाडौँ । साँस्कृतिक सम्पदा तःथा एेतिहासिक नगरीको रुपमा चिनिने दक्षिण ललितपुरको खोकना बुङमतिका स्थानीय बासीले सरकारले अघि सारेका विकास निर्माणका परियोजनाहरुले ऐतिहासिक नगर समाप्त पार्न खोजेको भन्दै विरोध प्रदशन गरेका छन् । 


सरकाले ल्याएको काठमाडौँ तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण ,स्मार्ट सिटिको परियोजना एस क्षेत्रको पुरानो मौलिक सभ्यता ,इतिहास र सँस्कृति समाप्त हुने भन्दै उनीहरुले यसको बिरोधमा मंगलबार ‘खोकना बुङ्मती बचाउँ, गुठी सम्पदा जोगाउँ’ भन्ने नारासहित र्ह्याली निकालेका छन् । 


प्रदशनमा सहभागीले खोकना बुङ्मतिका जनताले ‘बोङ खोकनामा बाह्य चक्रपथ चाहिँदैन, बोङ खोकनामा सुरुङमार्ग चाहिँदैन, आईएलओ १६९ को उलङ्घन गर्न पाईंँदैन’, जस्ता प्लेकार्डसहित माइतीघर मण्डलामा प्रदशन गरेको हो । 

                              


सरकाले आफुहरुको माग सुनुवाई नगरेको भन्दै सडक र कानुनि लडाई संग संगै गर्दै जाने भन्दै मंगलबार नै परियोजना बिरुद्द सर्वोच्च अदालतमा रित निवेदन दर्ता गराएको छ । 


उपत्यका सडक विस्तार संघर्ष समितिका अध्क्ष सुमन सायमीले सरकारको रवैया आदिबासी जनजातिलाइ बिस्थापित गर्ने ,मौलिक सम्पदा सिध्याउ,जबर्जस्ति बिस्थापित, जनताको मानवाधिकार हनन् गर्ने तिर बढ्दै गएको भन्दै सडक आन्दोलनका थप कारेक्रम गर्दै जाने बताए ।  

Loading...