सूर साधनाको १७ औ श्रृङ्खला सम्पन्न

माघ २७ ,काठमाडौँ ।   वाद्यवादन तथा गीत संगितको प्रस्तुतीसँगै सूर साधनाको १७ औ श्रृङ्खला सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित साँस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा आइतबार भएको १७ औ श्रृङ्खलामा एन्जेला सिहं श्रेष्ठ, नरसिहं लाल श्रेष्ठ, लोकराज राई , अनुप दास, दुर्गाप्रसाद खतिवडा, रोहित सुवेदी, सीतामैयाँ राजचला, नरेश प्रजापति , तेजुश्रेष्ठ, शिला विष्ट , विपिन घिमिरे लगायतबाट गायन , तथा शास्त्रीय वाद्यवादनको प्रस्तुति भएको थियो ।
साँस्कृतिक संस्थानया निमित्त महाप्रवन्धक एवमं कलाकार खर्क बहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको श्रृङ्खलामा सुप्रशिद्ध गायक प्रेमध्वज प्रधान , सुप्रशिद्ध चलचित्रकर्मी चेतन कार्कीले साँस्कृतिक संस्थानले कलाकारहरूलाई हौसला दिनको लागि खेलिरहेको भूमिकाको प्रशंसा गर्दै नेपालमा कलाकारको सम्मान र अवसरको लागि अहिले भन्दा पनि फराकिलो वातावरण बनाउनको लागि जोड दिनुभएको थियो ।
१७ औ श्रृङ्खलाका कार्यक्रमको संचालन कवि रामगोपाल आशुतोषले गर्न भएको थियो।

Loading...