एनसेल, होल्डिंस, ललिता निवास लगायतका प्रकणबारे छानबिन गरियोस्: देवेन्द्र पौडेल

काठमाडौं, २१ माघ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद देवेन्द्र पौडेलले ठूला भ्रष्टाचार प्रकरणबारे जानकारी गराउन माग गरेका छन । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ठूला भ्रष्टाचार काण्डबारे जनतालाई सत्यतथ्य जानकारी गराउन माग गरेका हुन ।

भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाइमा सम्मान व्यक्त गर्दै उनले भने, ‘एनसेलको कर लाभांश विवाद प्रकरण, यति होल्डिंस प्रकरण, ललिता निवास प्रकरण, हायात होटल प्रकरण, वाइडबडीजस्ता प्रकरणहरुले दिनदिनै मिडियाहरुमा छाएका छन् । सभामुख मार्फत सरोकारवालाले के भएको हो ? छानबिन सहित आउन म विशेष अनुरोध गर्न चाहन्छु । उनले भने’

Loading...