दमकल भन्दा पहिला आगो नियेंत्रण यन्त्रको सफाल परिक्षण

 

माघ १० ,काठमाडौँ । शहरी योजना आयोग तथा काठमाडौँ महानगरपालिकाको समन्वयमा विपद ब्यबस्थापन सम्बन्धि प्रयोगात्मक तथा प्रशिक्षण महानगरको २३ वडामा सम्पन्न भएको छ ।
महानगर पालिका २३ वडाको प्रमुख भूमिकामा वडा भित्र आगलागी भएको अवस्थामा दमकल आइपुग्नु भन्दा पहिला नै छिटो छरितो आगोमा नियेंत्रण गर्न ३० हजार क्षमतको पानी ट्यांकी र १ कि मि क्षेत्रभित्र आगलागी भएको अवस्थामा आगो नियेंत्रण गर्न सकिने येन्त्रको सफल परिक्षण गरिएको छ ।


यसैगरि कुनैपनि दुर्घटना भएको अवस्थामा तत्काल स्थानीय श्रोत साधनको प्रयोग बात उद्दार तथा प्राथमिक उपचार गर्नेबारे पानी उक्त प्रशिक्षण कार्यक्रममा नगरीलाई जानकारी दिइएको थियो । 


सो अवसरमा महानग्पलिकाका मेयर बिद्यासुन्दर शाक्यले भन्नु भयो – ‘ अब दमकल आउनु भन्दा पहिलानै हामि मानबिय उद्दार को लागि सक्षम भएका छौ । विपद ब्यबस्थापन समितिले एसको संचालनको लागि युवा जनशक्तिको समूह बनाउनु पर्छ । साथै मानवीय उद्दारको लागि महानगरले नेपाल एम्बुलेन्स सेवा संग साझेदारी गरि सेवा दिइरहेको बारेमा सबैमा जानकारी गराउनु पर्छ र १०२ मा फोन गर्दा पाइने सेवा बारे नागरिकमा जानकार हुनुपर्छ ।
महानगरपालिका २३ का वडा अध्क्षय मचाराजा महर्जनले समएमानै आगलागी नियेंत्रणको लागि थालिएको यो प्रबिधिलाइ वडाका अन्य दमकल सहजै पुग्न नसक्ने भित्रि गल्लि र अरु स्थानमा समेत दिर्घकालिन रुपमा पाइप जडान गरी बिस्तार गरिने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सांसद राजेश शाक्यले नगरी आफै विपद तथा भैपरी आउने दुर्घटनामा मानबिय उद्दारको लागि प्रशिक्षित हुनु पर्ने बताउनु भयो ।