प्रहरी र समुदाय बीच लैङ्गिक हिंसा बिषेक अन्तरक्रिया सम्पन्न

पौष १८ ,काठमाडौँ । समुदाय -प्रहरी साझेदारी कार्येक्रम अन्तर्गत महानगरीय वृत्त जनसेवा ,सामुदायिक प्रहरी सेवा केन्द्र तथा जनसेवा समुदायिक केन्द्रको आयोजनामा लैङ्गिक हिँसा सम्बन्धित अन्तरक्रिया कार्येक्रम भएको छ ।
समाजमा हुने गरेका सबै किसिमका लैङ्गिक हिँसालाइ सामाजिक स्तर बाटै समाधान गर्ने उदेश्यले शुक्रबार गरिएको अन्तरक्रिया कार्येक्रममा जनसेवा सामुदायिक सेवा केन्द्रका सचिव विजय कृष्ण ,कोषाध्क्षय ,पबित्र बज्राचार्य ,जनसेवा वृत्त प्रमुख नायव निरिक्षक बासुदेव खतिवडा , काठमाडौँ महानगर पालिका १९ ,२० ,२१ ,२२ ,२३ ,२४,२५ र २६ वडाका जनप्रतिनिधिहरु ,सामाजिक महिला संघ संस्था का साथै विभिन्न बिद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्येक्रममा जनसेवा सामुदायिक केन्द्रका सचिव श्रेष्ठले समाजमा घट्न सक्ने घतना मध्ये लैङ्गिक घटना पनि हुने गरेकाले यस् तर्फ समाज आफैले निगरानी राख्नु पर्ने बताउनु भयो । 

यसैगरि महानगरी प्रहरी वृत्त जनसेवाका प्रमुख खतिवडाले समाजमा घट्ने गरेका लैङ्गिक घटना न्यूनीकरण गर्न समाजमा रहेका समुदयले एकै ठाउमा रहेर कामगर्नु पर्ने जरुरि रहेको बताउदै आफ्ना छेउमा यस्ता घटनाहरुका बारेमा घटना घट्नु अगावै सुचना दिन अनुरोध गर्नुभयो । यसै गरि समाजमा क्रियासिल महिला समूहले प्रहरीले बास्तविक पीडकको पहिचान गरि मात्र येस्ता बिषयमा कारवाही अगाडी बढाउन सुझाए । समुहले नेवार समुदायमा खुलस्त सम्बन्धित निकाएमा बास्तविकता राख्न नसकेर पिडित आफै कारवाहीमा परेका एक प्रसंग सुनाए ।
अन्तरक्रियाको क्रम अगाडी लैङ्गिक हिंसा नियेंत्रण सञ्जाल काठमाडौँका कोषाध्क्षय रसना ढकालले लैङ्गिक हिंसा , निभारण र कानुनी दयेरा सजायका बारेमा ब्याख्या गर्नु भयो ।

Loading...