काठमाडौँ महानगरको पहलमा ८१ बर्ष बल्ल थपियो नयाँ दमक केन्द्र

मङ्सिर २८ ,काठमाडौँ । काठमाडौँ महानगर पालिकाले नयाँ बारुण येन्त्र दमकल तथा तालिम केन्द्र स्थापना गरेको छ । तत्कालिन राना प्रधानमन्त्रि जुद्दा शम्शेरले ८१ बर्ष अगाडी नयाँ सडक स्थित नेपालमै पहिलो दमकल स्थापना गराएका थियो । 

महानगरको २५ औं बार्षिकोत्सवको अवसर पारेर वडा ६, को रामहिटीमा नवनिर्मित महानगर वारुण यन्त्र तथा तालिम केन्द्र भवनको उद्घाटन शनिबार महानगर पालिकाका मेयर बिध्या सुन्दर शाक्यले उत्घाटन गर्नु भयो ।

उन्त्घतन गर्दै उहाले भन्नु भयो -“सहर अहिले धेरै बिस्तार भएको छ । तत्कालीन समयमा बसन्तपुर आसपासमा मात्र सहरी क्षेत्र थियो । त्यस समयमा सहरलाई मध्यनजर गरेर नयाँ सडकमा दमकल स्टेशन राखिएको थियो । अहिले सहर बिस्तार भएको छ । बिस्तारित सहरलाई आगोजन्य जोखिमबाट बचाउन हामीले रामहिटीमा दमकल स्टेशन राखेका हौं । मेयर शाक्यले थप्दै भन्नुभयो — यहाँबाट महानगरको उत्तरी क्षेत्रसँगै छिमेकी गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुर र बुढानिलकण्ठ नगरमा पनि प्रत्यक्ष लाभ पुग्छ ।”


यसै गरि महानगर पालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — दमकल सेवा बिस्तार गर्न सक्नु महानगरको अहिलेसम्मका ठुलो र महत्वपूर्ण उपलब्धीमध्येको एक भएको बताउनुभयो । उहाले बरुण येन्त्र तालिम केन्द्र निर्मा हुनु अहिलेको आवश्यकता रहेको र अपेक्ष्याकृत् ढंगले संचालन हुनेमा बिस्वास गर्नु भयो ।

नयाँ निर्माण भएको वारुण यन्त्र तथा तालिम केन्द्र भवन ३.५ रोपनी क्षेत्रफल जमिनमा निर्माण भएको भवन साढे २ तले १२ हजार बर्गफुटको छ । भवनमा १ लाख ५० हजार लिटर क्षमताको पानी ट््याङ्की छ भने भवनमा अग्नि नियन्त्रक बस्न मिल्ने ठाउँ, ३ वटा दमकल राख्ने ठाउँ तालिमका लागि २ वटा सुविधा सम्पन्न कार्यक्रम स्थल रहेका छन् ।
२०७५ साउन २८ गते भवन निर्माणका लागि प्रमुख शाक्यले शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको साढे १५ महिनामा भवन निर्माण सम्पन्न भएको हो । तोकेकै समयमा भवन निर्माण सम्पन्न गरेकोले उद्घाटन समारोमा कबिन्द्र सिद्धार्थ जेभिका निर्माण व्यवसायी यज्ञहरि महर्जनलाई सम्मान गरिएको थियो ।

विस्तार गरिएको नयाँ दमकल उक्त केन्द्रमा एउटा दमकल, एउटा ल्याडर र एउटा रेक्क्यु जीप र २ वटा फायर बाइक राखिने र उपकरण सञ्चालन गर्न १५ जना अग्नि नियन्त्रक केन्द्रमा २४ सै घण्टा तैनाथ गरिने जानकारी अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाले जानकारी दिएका छन् ।

कार्येक्रममा गोकर्णेश्वर नगरका प्रमुख सन्तोष चालिसेले नयाँ निर्मित बरुण येन्त्र केन्द्रबाट आफ्नो नगरमा समेत प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो ।

उपत्यकाका २२ स्थानीय तहमध्ये काठमाडौं, भक्तपुर र ललितपुर महानगरपालिका र सेना प्रहरीको दमकलले आगलागीको अवस्था हेरी सेवादिदै आएकाे छ । हाल काठमाडौं महानगरमा ३, भक्तपुर नगरपालिका र ललितपुर महानगरमा २/२ वटा गरी ७ वटा चलुअवस्थाका दमकल रहेका छन्। प्राय दिनभर सवारी चाप रहने नयाँ सडक स्थित रहेको सबैभन्दा पुरानो जुद्दा बरुण येन्त्रले आगलागी भएको अवस्थामा समयमा नै घटना स्थल पुग्न समस्या रहने गरेको हुदा नयाँ स्थापना भएको यो वारुण यन्त्र तथा तालिम केन्द्रले नगरवासीको सुरक्षामा थप आशा जगाएको छ । 

फोटो -बुद्ध शरण शाही 

Loading...