स्कूल ब्याग कारखानामा भीषण आगलागीः ३५ को मृत्यु, ५० बढीको उद्धार

एजेन्सी २२ मंसिर । भारतको नयाँ दिल्लीस्थित एक कारखानामा आइबार बिहान आगलागी हुँदा ३५ को मृत्यु भएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० बढी व्यक्तिलाई बाहिर निकालिएको जानकारी दिएका छन् । धेरैजसो मानिसहरु धुँवाका कारण प्रभावित भएको उनले बताए ।

डिप्युटी फायर चीफ अफिसर सुनिल चौधरीले भने, ‘आगो ६ सय स्क्वायर फिटको जग्गामा लागेको हो । यो एक कारखाना हो । त्यहाँ स्कूल ब्याग, बोतल र अन्य सामग्री राखिएका थिए । ’केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गरे, ‘तत्काल आवश्यक कदम उठाउन समस्त सम्बन्धित विभागलाई निर्देशन दिइएको छ ।’

घाइतेको उपचार हुदै

दमकल विभागका अनुसार आगो आइतबार बिहान ५ बजेर २२ मिनेटमा लागेको हो । ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थलमा उपस्थित छ । यस्तै, लोकनायक अस्पतालका डाक्टर किशोर कुमारले अहिलेसम्म १४ जनाको शव भेटिएको र डाक्टरको समूहले लगातार घाइतेको उपचार गरिरहेको जानकारी दिए ।

Loading...