उसुमा नीमा घर्तीलाई स्वर्ण पदक, नेपालको स्वर्ण संख्या ३० पुग्यो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा नेपालकी नीमा घर्तीमगरले स्वर्ण जितेकी छिन् । साग सुरु भएको पाँचौ दिनमा नेपालकी नीमाले थप एक स्वर्ण जितेकी छिन् ।योसँग नेपालको स्वर्ण संख्या ३० पुगेको छ ।

नेपाल स्वर्णमा भारतपछि दोस्रो स्थानमा छन् । ३४ स्वर्ण जित्दै पहिलो स्थानमा छ । नीमाले नान्छवान अल राउन्डमा विहीवार स्वर्ण पदक जितेकी हुन् । उनले १२ औं सागमा पनि उसुको थाउलोमा स्वर्ण जितेकी थिइन् ।१३ औं संस्करणको सागमा विहीबार १७ खेलमा १९ स्वर्णको टुंगो लाग्दैछ ।

Loading...