नेपालद्वारा भुटानलाई २३७ रनको लक्ष्य,

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ले शतक प्रहार गरेका छन् । योसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यस अघि पारस खड्काले मात्र शतक बनाएका थिए ।

मल्लले ५५ बल खेल्दै १०७ रन बनाएर आउट भए। उनले पाँच चौका र ९ छक्का प्रहार गरे । यस अघि पारस खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । नेपालले भुटानलाई २३७ रनको विजयी लक्ष्य दिएको दिएको छ। नेपालले पुरै २० औं ओभर खेल्दै ३ विकेटको क्षतिमा २३६ रन बनायो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले विष्फोटक पाली खेल्दै २७ बलमा ४५ रन बनाए। भुटानका कर्मा दोर्जेले २ विकेट लिए।

Loading...