४०० सय बर्ष पुरानो चिनिया उपन्यासमा आधारित सिरियल ‘पश्चिमतिरको यात्रा ‘ दुइ टेलिभिजनले प्रसारण गर्ने

मंसिर ११ ,काठमाडौँ । नेपाली दुइवटा टेलिभिजनले ‘पश्चिमतिरको यात्रा ‘ नामक करिब ४०० सय बर्ष पुरानो चिनिया उपन्यासमा आधारित सिरियल नेपाली अनुवादमा देखाइने भएको छ ।
विभिन्न जनजातीका १२ भन्दा बदी भाषमा प्रशारण हुदैआएको इण्डिजिनियस टेलिभिजन र नेपालभाषा बात प्रशारण हुदै आएको टेलिभजन नेपाल मण्डल टेलिभिजन बात धाराबाहिक रुपमा प्रशारण हुने भएको छ ।
अरनिको सामाजको सहयोगमा चीनको केन्द्रिय टिभीको अनुमति लिइ आफ्नै श्रोतसाधन प्रयोग गरि नेपाली भाषामा अनुवाद र स्वराङ्कन पुरा गरि तयार पारिएको यो धाराबाहिक सिरियल प्रसारणको बुधबार उत्घाटन भएको छ ।
सताब्दी पुरुष सत्यमोहन जोशी ,अरनिको समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठ , इण्डिजिनियस टेलिभिजनका प्रवन्ध निर्देशक जगत दोङ्ग , नेपलमंडल टेलिभिजनका प्रबन्ध निर्देशक, भाषा अनुवादमा बिषेस भूमिका रहेका चलचित्र पत्रकार विजय रत्न तुलाधरले यो प्रसरणको उदेश्य र कथाबस्तु बारे चर्चा गर्नु भयो ।

टेलिभिजन पर्दामा छिटै देखिने यो टिभी सिरियल चीनको केन्द्रिय टिभी सिसिटिभी ले सन् १९८६ मा निर्माण गरेका थिए ।
चिनिया प्रशिद्द बौद्धभिक्षु स्थ्वीयन् चाङ् ( हुएन् साङ््) चीनबाट भारतको नालान्दा विश्वविद्ध्यालयमा अध्यन गर्न जाँदाको एेतिहासिक यात्रा मुख्य विषयबस्तु रहेको उक्त टिभी सिरियल २५ भागमा निर्माण भएको हो ।
३००० भन्दा धेरै पटक प्रशारण भएर बिश्व रेकर्ड राख्न सफल यस कथामा भिक्षुका चेलाका रुपमा बाँदर र सुँगुरको अभिनयले गर्दा विशेष गरि बालबालिकामा निकै लोकप्रिय रहेको यस टिभी सिरियल अहिलेसम्म चीनका विभिन्न टिभी च्यानलबात प्रसारण भइरहेको छ ।

Loading...