व्यवसायी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाउँदै नेपाल उद्योग बाणिज्य संघ गरे धर्ना

कार्तिक २८ ,काठमाडौँ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौँले प्रतिष्ठित व्यवसायी डा. रुप ज्योतिलाई पक्राउ गरिएकोप्रति ध्यानाकर्षण जनाउँदै प्रमुख व्यापारिक केन्द्र नयाँ सदक जुद्दसालिकमा आज धर्ना तथा प्रदशन गरेको छ ।

संघले बुधबार विज्ञप्ति  प्रकाशित गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । संघद्वारा प्रकाशित विज्ञप्तिमा राज्यको अर्थतन्त्रमा विशेष योगदान पुर्याउँदै आएका प्रतिष्ठित, जिम्मेवार तथा वरिष्ठ उद्योगपति÷व्यवसायी एवम् सामाजिक रुपान्तरणका अभियन्ता रुप ज्योति र उनका छोरी सुरुची ज्योतिलाई आर्थिक लेनदेनको विवादमा पक्राउ गरिएकोको घटनाले सम्पूर्ण निजी क्षेत्रलाई स्तब्ध तुल्याएको उल्लेख रहेको छ ।

देशमा अरबौंको लगानी गरी वार्षिक करोडौंको कर राजश्व बुझाउने ज्योति समूहको सदस्य र परिवार माथि व्यवसायिक कारोबारको सिलसिलामा भएको विवादको सहजैरुपमा यथेष्ठ समाधान गर्न सकिने थुप्रै माध्यमहरु हुँदाहुँदै पनि असहज र गम्भीर परिस्थिति खडा गरिनुले देसको प्रमुख आर्थिक पक्ष्यलाइ टेवा पुर्याउदै आएका निजी क्षेत्रको व्यवसायिक वाताबरणमा समेत भयभित हुनेगरी नकारात्मक असर पुग्न सक्नेप्रति समेत यस संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै संघले चरण बढ्द आन्दोलन गर्ने जनाएको छ ।
धर्नामा उद्योगी व्यवसायी आबद्द अन्य संस्थाका प्रतिनिधि सदश्यहरुको व्यापक सहभागिता रहेको थियो ।

यसैगरी डा. रुप ज्योतीलाई ठगि प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा पूर्पक्षमा थुनामा राखी कारबाही अगाडि बढाउन दिएको निर्देशन गलत भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट विना सूचना पक्राउ गरी हिरासतमा लिनु गलत भएको भन्दै महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दुई पक्ष बीचको व्यवहारिक कारोबारमा भएको असहमति र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत भएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले बताए ।

उद्योग व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुर्याई कैंयौलाई रोजगारी दिँदै आएको उद्योग प्रतिष्ठानका प्रमुख व्यक्तिलाई अपराधीलाई जस्तो हतारहतारमा पक्राउ गर्नु र पूर्पक्षका लागि थुनामा राखी कारबाही अगाडि बढाउन लगाउनु उचित नभएको तर्फ महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यसबाट मुलुकको उद्यम व्यवसायको क्षेत्रमा पर्नसक्ने नकारात्मक असरलाई न्यून गर्न डा. ज्योतीलाई सम्मानपूर्वक व्यवहार गरी रिहा गर्न आग्रह महासंघले गरेको छ ।

Loading...