डा. जुनुलाई बौद्ध सम्मान र पुरस्कार

 

भक्तपुर, नेपालको बौद्ध अध्ययनका क्षेत्रमा अध्यापक तथा अनुसन्धानधाता डा. जुनु बासुकला रञ्जितकारलाई यसवर्षको सूर्यमाया बुद्धाचार्य स्मृति सम्मान साथै नगद पुरस्कार प्रदान गरिएको छ ।
भक्तपुरको चाँगु नारायण नगरपालिका अन्तर्गत महामण्डप, थाकलमाथस्थित ल्हासापाको महामञ्जुश्री मन्दिरको वार्षिकोत्सवका अवसरमा मन्दिर प्रांगणमै आयोजित कार्यक्रममा श्री महामञ्जुश्री गुरु गुठी संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो सम्मान र पुरस्कार यसवर्ष त्रिविका उप–प्राध्यापक तथा अनुसन्धाता डा. रञ्जितकारलाई प्रदान गरिएको हो ।
हर्षरत्न शाक्यको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री तथा बौद्ध विद्वान्् डा. केशवमान शाक्यले सो सम्मान र पुरस्कार प्रदान गर्नूभएको हो ।
पुरस्कारको रकम १० हजार १ रुपियाँका साथमा सम्मानपत्र रहेको छ ।
पुरस्कृत डा. रञ्जितकारको हालसम्म भक्तपुरको पञ्चदान पर्व, धम्मदूत र चारुमती स्तूप पुस्तकहरु प्रकाशित छन्् भने “काठमाडौं उपत्यकाको परम्परागत बौद्ध चित्रकला”शीर्षकमा विद्यावारिधि गर्नुभएको छ ।
कार्यक्रममा भक्तपुरका विभिन्न ३ वटा विद्यालयका ८ जना विद्यार्थीहरुलाई २ हजार नगद सहित छात्रवृत्ति पनि प्रदान गरिएको थियो । पुरस्कार तथा छात्रवृत्तिदाता पद््म सुन्दर शाक्यले आफ््नी माताका नाममा स्थापना गर्नुभएको हो ।