एर्मा आँधीबाट नासाको नासो ‘मुन ट्री’ समेत नष्ट

एजेन्सी । क्यारेबियन महासागरबाट शुरु भई संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा समेत लाखौँ मानिसलाई आतंकित पारेको आँधी एर्माले एपोलो मिसनमा चन्द्रमालाई परिक्रमा गरी फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रमा हुर्काइएको एक वृक्ष, ‘मुन ट्री’ लाई नष्ट गरेको बताइएको छ ।

फ्लोरिडाले शुक्रबार आँधीबाट भएका क्षतिको लगत संकलन र जानकारी गराउने क्रममा ऐतिहासिक मुन ट्री पनि ढलेको जनाएको छ ।

सन् १९७१ मा अन्तरिक्ष यात्री स्टुआर्ट रूसाले एपोलो १४ मा लिएर गएका सयौँ वृक्षका बीउ लिएर गएका थिए । एपोलो १४ पृथ्वीमा फर्केपछि भएको विष्पोटपछि ती सबै मिसिएका थिए । तिनीहरू परीक्षणका लागि प्रयोग गर्न नसकिए पनि आफ्नै हिसाबले उम्रेर हुर्किएका थिए ।

अमेरिकाको २०० औँ जन्मोत्सवका उपलक्ष्यमा पछि ती विरुवालाई राज्यका विभिन्न स्थानमा सारिएको थियो । तर ती सबै विरुवा कहाँकहाँ सारिएको थियो भन्ने कुनै तथ्यांक राखिएको छैन ।

नासाको दर्शक दिर्घामा रोपिएको उक्त ‘मुन ट्री’ले अन्तरिक्ष अन्वेषणको अमेरिकी अन्वेषण केन्द्र नासाको उक्त इतिहासलाई एर्माले ढलाएको हो ।

Loading...