बूढानीलकण्ठमा श्रीमद्भागवत् महापुराण

काठमाडौँ, १७ कात्तिक । बूढानीलकण्ठ नगरपालिका–१३ स्थित बूढानीलकण्ठ मन्दिरमा यही कात्तिक २० देखि २६ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बूढानीलकण्ठ विद्याश्रमलाई सहयोगार्थ हरेक वर्षजस्तै यस वर्ष पनि हरिबोधनी एकादशीको अवसरमा उक्त महायज्ञ हुने भएको बूढानीलकण्ठ मन्दिरका पीठाधिश्वर स्वामी निगमानन्द महाराजले बताए।

प्रत्येक दिन बिहान ७ देखि ५ बजेसम्म सञ्चालन हुने उक्त महायज्ञमा पण्डित कपिलदेव सुवेदीले प्रवचन दिने भएका छन । बूढानीलकण्ठमा प्रत्येक वर्ष कात्र्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ढ दर्शन गर्न जाने भए पनि कात्र्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गर्दछ ।

सो मेलामा सांस्कृतिक झाँकीसमेत प्रदर्शन हुने बताइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन शयन गर्नुभएका विष्णु कात्र्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुने भएकाले उक्त एकादशीलाई हरिबोधनी भनिएको हो । यो चार महिनाको समयलाई चतुर्मास पनि भन्ने गरिन्छ ।

Loading...