काठमाडौँ, १२ असोज । बडादशैं आजबाट सुरु भएको छ । दशैँको पहिलो दिन आज घर घरमा जमरा राखेर घटस्थापना गरिँदैछ । आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने प्रचलन छ ।
घटस्थापनाको साइत आज बिहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमका अनुसार गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।
यसपाली दशैंको टीका असोज २१ गते मंगलबार छ । टीको दिन बिहान ८ः४५ बजे देवी विसर्जन र १०ः३५ बजे टीकाको शुभ साइत रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।