दसैंको मुखमा मूल्यवृद्धि, जे छोयो त्यही महँगो

काठमान्डौं, १२ असोज । दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ । ३ हजार ३०० पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ ।

एक हजार ५७५ देखि एक हजार ६०० मा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म बढेको छ । बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्वीकारेको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य बृद्धि भएको बताए । खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ । संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने,‘चामल आयात गर्नुपर्छ । मूल्यवृद्धि हुनुमा महँगिएको डलरको प्रभाव र अन्तर्राष्ट्रिय मूल्य वृद्धि हो ।

Loading...