विमा संस्थान र क्लियरिङ्ग लिमिटेडमा खुल्यो ठूलो संख्यामा जागिर

काठमाडौं । राष्ट्रिय बीमा सस्थानले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । संस्थानले एक सूचना निकाल्दै सहायक तह ४ देखि व्यवस्थापक तह ९ सम्मका रिक्त पदहरुका लागि स्थायी कर्मचारी माग गरेको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र साधारण दस्तुर र त्यसको एक हप्तासम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ ।

त्यसैगरी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पनि विभिन्न रिक्त रहेका पदहरुको लागि दरखास्त माग गरेको छ । लिमिटेडले बरिष्ठ कम्प्युटर अपरेटरदेखि प्रबन्धकसम्म स्थायी पदका लागि कर्मचारी माग गरेको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र साधारण दस्तुर र त्यसको एक हप्तासम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने लिमिटेडले जानकारी दिएको छ ।

हेर्नुहोस राष्ट्रिय विमा संस्थानको सूचना

 

 

हेर्नुहोस सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सूचना

Loading...