सुर्खेतमा मात्र चार सय उद्योग थपिए

सुर्खेत, २६ भदौ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा ४३० उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिका अनुसार सबैभन्दा बढी सेवामूलक उद्योग १३४ वटा दर्ता भएका छन् । उत्पादनमूलक ७२, कृषि तथा वनजन्य १७०, पर्यटन उद्योग ८२ तथा ७२ वटा निर्माण उद्योग दर्ता भएका छन् ।

त्यसैगरी फर्निचर उद्योग, पोल्टी फर्म, वर्कसप, दूध डेरी, ब्युटीपार्लर, मौरीपालन तथा जडीबुटीलगायत उद्योग दर्ता भएका छन् । कार्यालयका वरिष्ठ लेखा अधिकृत इन्द्रबहादुर थापाका अनुसार अघिल्ला आवको तुलनामा यस वर्ष उद्योग दर्ताको संख्या बढेको छ ।

उद्योगका लागि आवश्यक मेसिन र औजारमा अनुदान सहयोग र विभिन्न तालीमको व्यवस्था गरेपछि उद्योगको संख्या बढेको उहाँको भनाइ छ । सबैभन्दा बढी चैतमा ६४ वटा उद्योग दर्ता भएका छन् ।

यस वर्ष नवीकरण नगरी निष्क्रिय रहेका ३८ वटा उद्योग खारेजीमा परेका छन् । कतिपय उद्योग कच्चा पदार्थको अभाव र मेसिनरी सामान नपाउँदा बन्द भएका छन् । कच्चा पदार्थको अभावमा ढाका र नेपाली हाते कागजका उद्योग बन्द भएका छन् ।

Loading...