प्रथम मेयर तथा न्यायाधिश जनकमान श्रेष्ठको जीवनी ‘हराएको इतिहास’ सार्वजनिक

काठमाडौँ, २३ भदाै । प्रजातान्तिक नेपालको पहिलो काठमाडौँका मयेर तथा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय कानुनी मुद्दाहरुको फैसलाकर्ता न्यायाधिश जनकमान श्रेष्ठको जीवनी समेटिएको ‘हराएको मानिस’ को शनिबार लोकार्पण भएको छ ।

मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, काठमाडौँ महानगरपालिकाका मयेर बिध्या सुन्दर शाक्य, वरिष्ठ पत्रकार भैरव रिसाल तथा किताबका सम्पादक बिकिल स्थापितले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

किताब बिमोचन पश्चात श्रेष्ठका बहुआयामिक व्यक्तित्वका विषयमा अतिथिहरुबाट आआफ्ना विचारहरु सुनाएका थिए । वरिष्ठ पत्रकार भैरव रिसालले जनकमान श्रेष्ठले आफ्नो कार्यकालमा निडर भएर कानुनी क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरे ।

अर्का अतिथि काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले जनकमानले पुर्याएका योगदानहरु र उनले देखाएका मार्गनिर्देशनका लागि धन्यवाद दिए । कार्यक्रमका प्रमुख अतिथि अायाेगका अध्यक्ष अनुपराज शर्माले विमोचित कितावलाई महत्वपूर्ण घटनाहरु संगालेको किताब ढिलाई भए पनि बजारमा ल्याउन सफल भएकोमा लेखक तथा सम्पादकलाइ आभार प्रकट गरे ।

जनकमान श्रेष्ठ बि.सं. २०१० सालमा गरिएको काठमाडौँ नगरपालिकाका जननिर्वाचित मेयर भएका थिए । नेपाल कम्युनिष्ट पार्टीकाे सक्रिय राजनीतिबाट विदा भएपश्चात उनले न्यायालयमा काम थालेका थिए । लामो समय न्यायक्षेत्रमा न्यायाधिशको भूमिकामा काम गर्दा उनले नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको नेपाल-भारत सुपुर्दगी मुद्दा अन्तरर्गत पन्जावका मुख्यमन्त्री प्रकाश सिंह कैरोको हत्या अभियोगमा नेपालमा समातिएका सुच्चा सिंहको मुद्दा फैसला गरेका थिए ।

त्यस्तै बि.सं. २०३४ सालमा विश्र्वेश्र्वरप्रसाद कोइराला तथा गणेशमान सिंहमाथि लगाइएका विभिन्न मुद्दाहरुको फैसला गर्दा सफाई दिने फैसला सुनाएका थिए । यस्ता अन्य महत्वपूर्ण फैसलाहरु र नेपालको राजनैतिक उथलपुथलका विषयवस्तु विमोचित किताबमा समेटिएका छन् ।
हराएको इतिहास २५८ पन्नाको रहेको छ । जनकमान श्रेष्ठको जीवनीलाइ तीन खण्डमा बिभाजन गरेर विषयवस्तु समावेश गरी पेश गरिएका छन् ।  

Loading...