उद्योगी ,ब्यबसायीको प्रतिनिधित्व गर्दै ललितपुर चेम्बर अफ कमर्स गठन

भाद्र २३,ललितपुर /
ललितपुर जिल्ला भित्र रहेका उद्योग व्यापार क्षेत्रमा आवद्द उध्याेगी ,ब्यापारीलाई समाहित गरी ब्यबसायिक हक ,अधिकार सुनिस्चित गर्ने अभिप्रायले ललितपुर चेम्बर अफा कमर्स गठन गरिएको छ ।
नेपालको संबिधान २०७३ अनुशर जिल्लामा पनि पूर्ण राजनैतिक संरचना र शासन प्रणालीको विकास भए अनुसार १ महानगर पालिका ,दुइ नगर पालिका अनन्य गाऊपालिकाहरुमा समायोजन भएको कारण संख्यात्मक रुपमा बृद्दि भएका उध्याेगी ब्यबसायीका हक अधिकार र आवाज सम्बन्धित निकाय सम्म पुर्याउने उदेश्यले चेम्बर को गठन गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्क्षय पुष्प रत्न शाक्यले बतानु भयो ।
अध्क्षय शाक्यले उद्योगी ब्यबसायीको समस्यालाइ तिनै तहको सरकारमा पुर्याउने , स्थानीय सरकार संग साझेदारी भएर नाफामुलक,पर्येतन पर्वर्धन ,हस्तकला लगाएतका कार्येक्रम ल्यायीने बतानु भयो । उहाले आउने पर्येतन बर्षलाइ सफल बनाउन विभिन्न संस्था संग मिलेर बिबिध कार्येक्रम ल्याउने योजना समेत रहेको बताउनु भयो ।
नवगठित ललितपुर चेम्बर अफ कमर्समा २५ जनाको कार्येसमिती राखिने गरि हाललाई १५ जनाको समितिले कार्य संचालन गर्ने भएको छ ।