महन्थ र राजेन्द्रकै जिल्लामा राजपाको अर्को पहिरो

सर्लाही । मधेसबादी दलहरुको एकता बाट बनेको दल राजपामा पहिरो जाने क्रम रोकिएको छैन । सयौ नेता र हजारौ कार्यकर्ताले राजपा त्यागेर माओबादी केन्द्रमा प्रवेश गर्ने क्रममा मंगलबार मात्रै सांसदसमेत रहेका सर्लाहीका प्रभावशाली नेता जंगीलाल रायसहित सयौ नेता कार्यकर्ताले पार्टी छाडेका छन ।

सांसद रायको नेतृत्वमा सर्लाही अध्यक्ष विनय कर्णसहित सयाैं माओबादी केन्द्रमा प्रवेश गर्ने तयारी भैरहेको श्रोतले बताएको छ । यद्यपी राजपाका नेताहरु रायलाई मनाउने कसरतमा जुटेका छन भने अन्य दल पनि उनीहरुलाई भित्राउने दाउमा छन् ।

राजपाको अध्यक्ष मण्डलका ३ नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव तीनै जना सर्लाहीका नेता भएर पनि सर्लाहीमा पार्टीमा पहिरो जानु दुखद भएको एक राजपाका नेताले बताए ।

यसअघि सोमबार सर्लाहीका प्रभावशाली नेता एवं राजपाका वरिष्ठ नेता तथा पूर्वसांसद शिवपूजन यादव माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

 

उनीहरु स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा एकलौटी गरेको र पार्टी ब्यक्तिबादी बनेको आरोप लगाउदै राजपाबाट अलग भएका हुन् ।

Loading...