काठमाडौँ, १९ भदाै । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रले १३अाै राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार विरुद्वको दिवसका अवसरमा विहीबार चेतनामूलक र्याली आयोजना गरेको छ ।
र्यालीमा विभिन्न विद्यालय, संघ संस्था तथा नागरिक अगुवाको सहभागिता रहेको थियो । नयाँ सडक जुद्ध शालिकबाट सुरु भएको र्याली न्यूरोड गेट, महांकाल, भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुर महादेव परवती डवलीमा समापन भएको थियो ।
समापन कार्यक्रममा बाेल्दै महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी प्रमुख बासुदेव खतिवडाले भने- ”संसारका धेरै देशहरुमा मानव बेचविखन तथा ओसारपसार ठूलाे समस्याको रुपमा देखापरेको छ । गरिव देशहरुमा अझ यो समस्या धेरै देखिएको छ । मानव ओसार पसार बेचबिखनमा हालको अवस्थामा वेश्याबृतिको लागि मात्रै नभई विभिन्न मानव अंगहरुको तस्करी गर्ने गिरोहहरु सक्रिय रहेको हुँदा यसको रोकथाममको लागि नागरिक स्तरबाटै जनचेतना जगाउनुपर्ने जरुरी छ ।”
सो क्रममा विभिन्न विद्यालयका शिक्षक तथा समुदायिक केन्द्रका प्रतिनिधिले आ-आफ्नो धारणा राखेका थिए । ¥यालीमा चेलीबेटी बेचबिखनमुक्त देश बनाउनुपर्ने सचेतनामूलक नारा लेखिएका प्ले कार्डसहितको जनसहभागिता रहेको थियो ।
काठमाडौँकाे भित्रि शहर र प्रमुख बजार रहेकाे क्षेत्रको जिम्मेवारी बोकेको प्रहरी वृत्त जनसेवाले स्थानीय समुदायसँगको सम्बन्ध बलियो भएका कारण शान्ति सुब्यवस्थामा सहजता कायम राख्न सफल रहेको यस क्षेत्रका समुदायको भनाइ रहेको छ । वृत्तले आफ्नै पहलमा समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न समयमा अन्तरक्रिया, प्रत्येक वर्ष संचालन हुने सबै किसिमका जात्रा संचालन गर्न स्थानीय नागरिक समाजसँग सहकार्य छलफल, शान्ति सुव्यवस्था तथा जनचेतना कार्यक्रम गर्दै आएका छन् ।