देशभरबाट १२ उत्कृष्ट विद्यालय छनोट, भक्तपुुरको मेघा र कपनको रिलायन्स सबैभन्दा उत्कृष्ट (सूचीसहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकभरबाट उत्कृष्ट १२ विद्यालयहरुको छनोट गरेको छ । मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा ती उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने जनाएको छ ।

कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी १२ विद्यालय छनौट भएको शिक्षा मन्त्रालयले जनाएको छ । जस अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्तर्गत १२ कक्षा सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ कास्की पोखराको अमरसिंह मावि, मोरङ ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवाजी विद्यापीठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

यस्तै सोही समुह अन्तर्गत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे साँगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभियर्स कलेज माईतीघर काठमाडौं तृतीय भएका छन् । माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिक विद्यालयहरुमा मेधा सामुदायिक विद्यालय तेखापुखु मक्तपुर, रेसुङ्गा मावि तम्घास गुल्मी र तरुण मावि बालाजु काठमाडौं क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

यही समूहका संस्थागत तर्फ रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं, नेपाल प्रहरी मावि साँगा काभ्रे र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बानेश्वर काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । तोकिएको मापदण्डका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट छनौट गरी पठाईएका विद्यालयलाई पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ।

यी सबै विद्यायलाई आगामी भदौ २२ गते परेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसका दिन काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने छ ।

हेर्नुहोस शिक्षा मन्त्रालयले सार्वजनिक गरेको उत्कृष्ट विद्यालयको सूची

Loading...