काठमाडौं, १८ भदौ । आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कतैकतै भारी वर्षासमेत हुने अनुमान छ । मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर (पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।
मौसम विज्ञान विभागका अनुसार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना बुधबार, बिहीबार र शुक्रबार सम्म छ । यसको प्रभावले पहाडि भु(भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बाढी पूर्वसूचना केन्द्रले गएराति २ बजे ट्वीट गरेर सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे र आसपासको स्थानमा भारी वर्षा मापन भएको र भोटेकोशी बाह्रबिसेमा जलसतह करिब १ मिटर बढेको उल्लेख गरेको छ । साना खोलामा आकस्मिक बहाव हुनुको साथै सिन्धुपाल्चोकको कोदारी राजमार्ग र आसपास पहिरो जान सक्ने भएकाले यात्रामा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
भाद्र १८ गते बुधबार
दिउँसो देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। देशका थोरै स्थानहरुमा भारि वर्षाको संभावना समेत रहेको छ। राती देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पुर्वका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै देशभर थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ ्र
भाद्र १९ गते बिहिबार
दिउँसो देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केहि स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। राती देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका १(२ स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
भाद्र २० गते शुक्रबार
दिउँसोस् देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। राती देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित वर्षाका साथै थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। यसको प्रभावले पहाडि भु(भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु हुन अनुरोध छ ।