निगमले भन्यो – निगम र कार्यकारी अध्यक्ष मदन खरेलसँग सम्बन्धित समाचार अतिरञ्जित

 

काठमाडौँ, १७ भदाै । नेपाल वायुसेवा निगमले निगम र कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडेर केही सञ्चारमाध्यममा कपोलकल्पीत समाचार प्रकाशन प्रशारण भएकाे भन्दै त्यसमा अापत्ती जनाएकाे छ । 

निगमले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै कार्यकारी अध्यक्ष हाल अस्वस्थ भएकोले चिकित्सकको सल्लाह बमोजिम उपचारको सन्दर्भमा आराम गरिरहेको जानकारी दिएको छ । बिज्ञप्तिमा भनिएकोछ- ”चिकित्सकका अनुसार उहाँ मौसमी भाइरल र टाइफाइडबाट संक्रमित हुनु भएकोले न्यूनतम पाँच दिन आराम गर्नुपर्नेछ । हाल कार्यकारी अध्यक्ष विश्राममा रहनु भएको प्रसङ्गलाई अतिरञ्जित समाचारको रुपमा आएकोमा सोको खण्डन गरिन्छ । अतः निगम परिवार उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।”