बेलायतमा दुई युवराजबीच लडाई

काठमाडाै । बेलायतमा दुई युवराजबीच लडाई चलेको छ । आगामी नेतृत्व कसले गर्ने भन्ने बिषयमा यी दुई युवराजबीच लडाई चलेको हो ।

बेलायतमा यसरी नेतृत्वका लागि लड्ने युवराज भने नेपाली हुन् । बेलायतमा रहेको नेपाली सस्था नेपाली जनसम्पर्क समितिमा सभापति को बन्ने भन्ने बिषयमा त्यहा बसोबास गर्दै आएका युवराज सिंह र युवराज गुरुङबीच प्रतिस्पर्धात्मक लडाई चलेको हो ।

नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेशस्थित शुभेच्छुक संस्था हो । बेलायतको उक्त समितिमा सभापतिका लागि युवराज सिंह र युवराज गुरुङ्ग मैदानमा उत्रिएका छन । जनसम्पर्क समितिमा करिब ५ हजार मतदाता रहेका छन् जसले आगामी सभापतिकोलागि मतदानबाट एक युवराजलाई सभापति चयन गर्नेछन । १२ दिनपछि  आगामी सेप्टेम्वर १७ तारिखमा चुनाव तय गरिएकाे छ ।

सभापतिका दावेदार उमेद्वार युवराज सिंह नेपालको विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनले नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यको रुपमा काम गरेका थिए । स्कुले जीवनदेखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भई २०५६ देखि २०६३ सालसम्म नेपाल कमर्श क्याम्पस, मीनभवनको ईकाई सभापति, २०५५ मा सोहि क्याम्पसको स्ववियु सहसचिवमा निर्वाचित र २०६० सालमा स्ववियु सभापतिको उम्मेदवार रहेका सिंह २०६० सालमा कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय उपसभापतिको जिम्मेवारी समेत सम्हाली सकेका छन् ।

बेलायत बसाईको सुरुवात देखि नै जनसम्पर्क समितिमा जोडिएर निरन्तर रुपमा क्रियाशील भई त्याहा स्थित नेपालीहरुको हकहितको निम्ति काम गर्दै आएका सिंह राजनीतिक र सामाजिक व्यक्तित्वका कारण लोकप्रिय छन् । चेतनाथ खनाल जनसम्पर्क समितिको सभापति रहँदाको कार्यसमितिमा उनी महामन्त्रीमा रही कार्य सम्पादन समेत गरेका थिए । बेलायतबाट नेपाली कांग्रेसको १३ औं महाधिवेशन प्रतिनिधि समेत रहेका सिंहको राजनीतिक पहुँच पनि पर्याप्त भएकोले उनले चुनाव जित्ने पक्का प्राय भएको उनी निकट स्रोतले बतायो ।

 

सभापतिका प्रत्यासी सिंहले जनसम्पर्क समिति युकेलाइ आफूले एकढिक्का बनाएर नेतृत्व दिन सक्ने दावी गरे । उनले नेपाली कांग्रेसलाई अझ सशक्त र क्रियाशील बनाउन बेलायतवासी राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई समन्वय गरि पार्टीलाई रचनात्मक सहयोग पुर्याउन आफूले सभापतिमा उमेद्वारी दिएको दावी गरे ।

Loading...