पीएसजी र म्यानचेस्टर सिटीमाथि छानविन गर्न लालिगाकाे माग

एजेन्सी । खेलाडीलार्इ महङ्गाे मुल्यमा अाफ्नाे क्लबमा अनुबन्ध गराएका कारण विवादमा अाएका क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)माथि छानविनकाे माग भएकाे छ । पीएसजीसँगै अहिले म्यानचेस्टर सिटीमाथि पनि यस्ताे अाराेप लागेकाे छ र छानविन गर्न भनिएकाे छ ।

स्पेनिस फुटबल लिग लालिगाका अध्यक्ष जाभिर टेबासले यस्ताे माग गरेका हुन् । उनले दुर्इ क्लबले अार्थिक फेयर प्ले नियम उल्लङ्घन गरेकाे सम्बन्धनमा छानविन गर्न युराेपियन फुटबल एशाेसियसनसँग माग गरेका हुन् ।

युरोपियन फुटबलको आधिकारिक निकाय युरोपियन फुटबल एशोसियनले दुर्इ क्लबमाथि छानिविन गर्नुपर्ने माग लालिगाले राखेकाे हाे । दुवै क्लबले अत्याधिक पैसा खर्च गरेर आर्थिक फेयर प्ले नियम उल्लघंन गरेको र त्यसले फुटबलको विकासमा क्षति पुर्याउने लालिगाका अध्यक्ष जाभिर टेबासले बताएका छन्।

समर सिजनमा खेलाडी किन्न सिटीले प्रिमियर लिगमा सर्बाधिक रकम खर्च गरेको थियो भने पीएसजीले नेमारलाई विश्व कीर्तिमानी १ सय ९८ मिलियन पाउण्डमा भित्र्याएको थियो।

पीएसजीले नेमारसँगै क्यालियन मबाप्पेलाई १ सय ६५ मिलियन पाउण्ड ऋणमा टिममा अनुबन्ध गरेको छ। सिटीले समर सिजनमा मात्रै खेलाडी खरिद गर्दा २ सय १५ मिलियन रकम खर्च गरेको थियो।

Loading...