काठमाडौ,भाद्र १७ । गएको भदौ ७ गते अस्पतालमा बिरामी आफन्त भेट्न हिडेका काठमाडौँ असनका गौतम तुलाधर र उनकी परिवार अनिता तुलाधर चढेको स्कुटरलाई घरबाट निस्केको केहि मिनेट नबित्दै पुरानो बसपार्क पुग्दा साँझ ५ बजे काँडाघरि बाट रत्नपार्क रुटमा चल्ने मिनिबसले पछाडी बाट ठक्कर दिएको थियो । मृतक ताम्राकारका श्रीमती अनिता ताम्राकारका अनुसार सामान्य ठक्कर बात लडेका अनिताले आफ्नो श्रीमानलाई उठाउन खोज्दाै को अवस्थामा सोहि मिनिबसले आखैअगादि ठक्कर दिने गाडीले देहार्यायेर आफ्नो श्रीमान् गौतमलाई ढाडमा किल्चिदै अगाडी भगाए,ठक्कर दिएको गाडी भाग्न लागेको बेलामा भद्रकालीनजिक पुगेपछि सबै मिलेर चाल समाते। गाडी चालक रामप्रसाद पौडेललाई प्रहरीले हिरासतमा राखिएको छ । घटनापछि नजिकै रहेको वीर अस्पताल पुर्याउँदा उनको मृत्यु भैसकेको थिए। नर्सिङ्गा, सहनाई बनाउने पेसा गर्दै आइरहेका परिवार पाल्दै आएका गौतमको मृत्युले परिवारको ठुलो बिचल्ली भएको छ । उनकाे परिवारले उचित न्याय पाउनुपर्ने माग गर्दै स्थानीयबासीले सम्बन्धित निकाय समक्ष ध्यानाकर्षण गराउन शनिबार काठमाडौँको असनमा भेला गरि र्याली निकानेका थिए । दुर्घटनाको नाउमा हात्या भएको भन्दै पिडितले सवारी चालकलाइ हदैसम्म कारबाही गराउने तैयारी का साथै जनदबाबका कार्येक्रम गर्दै जाने बताएको छ ।