चितवनमा रबि लामिछानेका समर्थकको नाराबाजी

Image result for रबि लामिछानेका समर्थकको नाराबाजी

काठमाडौँ,३१ साउन । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको चितवन लगेपछि बिहान १० बजे अदालतमा उपस्थिति गराउने कार्यक्रम रहेको छ ।

बिहानै रबि लामिछानेकी पत्नी निकिता पौडेल र कार्यक्रम उत्पादक दिपक बोहोरा र उनका वकिलले भेट गरेका छन् । यति बेला जिल्ला प्रहरी कार्यालयको परिसरमा समर्थकको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा ब्यबस्था कडा पारिएको छ ।साथै उनका समर्थकले जिल्ला प्रहरीले कार्यालयको अगाडी निर्दोस फसाउन पाईदैन दोषी छोड्न पाईदैन भन्दै नाराबाजी सुरु गरेका छन् ।

उनलाई हिजो साँझ न्युज २४ को कार्यालयबाट नियन्त्रणमा लिईएको थियो ।बिहिबार प्रसरण हुने कार्यकमको तयारीमा रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ नियन्त्रमा लिएको हो ।उनलाई अनुसन्धानका लागि हिजै राति काठमाडौंबाट चितवन लगिएको थियो ।

Loading...