इन्द्र जात्रा, लाखे नाच सभ्य र व्यवस्थित बनाउने तयारी

प्रत्येक वर्ष भाद्र शुक्लका दिन काठमाडौँको हनुमान ढोका क्षेत्र कालभैरव अगाडि इन्द्रध्वजा ठड्याइ मनाइदैछ । काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवार समुदायले याे पर्व मनाउने गर्दछन । यस पटक पनि विधिपूर्वक मनाउन लागिएकाे याे जात्रा सुरक्षित र ब्यवस्थित हुने अायाेजकले जनाएका छन् । 

इन्द्रजात्राको मुख्य आकर्षण मध्ये ”लाखें ” शान्त भैरव नाच हाे । शनिबार काठमाडौँमा जात्रा अवधिभरि मर्यादित, शान्त, सुरक्षित र ब्यबस्थित ढंगबात पर्व संचालनका लागि सुरक्षित निकाय ,तथा जात्रा ब्यबस्थापन सरोकारसँग अन्तरक्रिया कार्येक्रम भएको छ ।

प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं ९ का सभाषद् ध्यान गोबिन्द रंजितले जात्रालाइ सबैको सहयोगमा सभ्य र ब्येबस्थित ढंगबाट संचालन हुनुपर्ने बताउनु भयो । समय अनुसार जात्रा पर्वलाइ सुरक्षित ,मर्यादित बनाउन सबैको भूमिका आआफ्नो स्थानबाट हुनुपर्ने पुर्व प्रहरी नायव महानिरीक्षक शारदा भक्त रंजितले बताउनु भयो ।

उक्त कार्येक्रममा सुरक्षा निकाएका तर्फबाट प्रहरी नायव महानिरीक्षक पुष्प रंजित ,काठमाडौँ महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख मोहन बहादुर थापा , हनुमानढोका सम्रक्षण कार्येक्रम परमुख उदय पस: खलं लगाएत सरोकारवाला , तथा सामाजिक संग सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

श्री लाखे आजु जात्रा व्येबस्थापन समाजका सचिव राम रञ्‍जितले अघिल्लो बर्ष जस्तै यस पल्टको इन्द्र जात्रामा लाखें नाचलाई अत्येन्त ब्येबस्थित रहने बताए ।

Loading...